advertisement

अनुसन्धानबाट थाहा भयो उक्त शिशु पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा फिलिएकाे  । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् । चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ । चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।

" /> पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा शिशुलाई फालेर भाइरल बनाइयाे - Sarbocha Media

पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा शिशुलाई फालेर भाइरल बनाइयाे

`

     २०७७ श्रावण २० गते ९:२७

काठमाडौं, साउन १९ । गत सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत खिचे। भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। अलपत्र छाडिएकी भनिएकी ती बच्चीलाई बाल गृह सञ्चालक पुष्पा अधिकारीले संरक्षण दिने भन्दै आफैंसँग राखिन्। ती शिशुको नाम नै प्राप्तिका अधिकारी राखिन्।

सामाजिक सञ्जालमा भिडिओ देखेकाहरूले ती नवजात शिशुको पालनपोषणका लागि उनको बाल गृहलाई सहयोग दिए। अरू १६ जना बालबालिकालाई बाल गृहमा राखेकी अधिकारीमाथि कसैले शंका गरेन। प्रहरीले भने बच्चा कसको हो र किन झाडीमा फालियो भन्ने अनुसन्धान थाल्यो।

advertisement

अनुसन्धानबाट थाहा भयो उक्त शिशु पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा फिलिएकाे  । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् । चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् । उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ । चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?