मोरङ, २० साउन । मोरङमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ । स्थानीय तहले उक्त बजार बन्द गरिएको हो । रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको बताइएको छ ।

पीसीआर रिपोर्टमा उक्त परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि छ ।




