वीरगञ्ज,१९ साउन । पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पताल प्रशासन अनुसार वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ६१ जना पुरुष र १२ जना महिलामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना कोरोनाको सिकार भएका छन्। हालसम्म पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।




