काठमाडौं , १९ साउन । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाउने जनैपूर्णिमा पर्व आज तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । यो संगै रक्षा बन्धन विधिसाथ मनाइँदै छ ।
यस दिन नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेको छ ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुने विश्वार रहीआएको छ ।
यसैबीच, दिदी बहिनीले आफ्ना दाजुभाइको लामो आयुको लागि तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस्तै नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन् । यो दिन उनीहरुले क्वाँटी खाने चलन छ ।




