advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

" /> काठमाडौं उपत्यकामा २४ घण्टामै थपिए ३१ जना कोरोना संक्रमित - Sarbocha Media

काठमाडौं उपत्यकामा २४ घण्टामै थपिए ३१ जना कोरोना संक्रमित

`

     २०७७ श्रावण १८ गते ११:०७

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

आज (आइतबार) देशभर कोरोना संक्रमण पुष्टि भएका २४६ जनामध्ये काठमाडौं उपत्यकाका ३१ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।

advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?