advertisement

प्रतिनिधिसभा बैठक पटकपटक स्थगित हुँदै आएको थियो । यस भन्दा अगाडि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक स्थगित हुदै आएको थियो ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउने रहेको छ । नेकपाले सभामुख पदका लागि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपनि उप सभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिए मात्रै त्यो बाटो खुल्नेछ ।

" /> पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाकाे बैठक आज बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने - Sarbocha Media

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाकाे बैठक आज बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने

`

     २०७६ माघ ०६ गते ६:०८

काठमाडौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

advertisement

प्रतिनिधिसभा बैठक पटकपटक स्थगित हुँदै आएको थियो । यस भन्दा अगाडि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक स्थगित हुदै आएको थियो ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउने रहेको छ । नेकपाले सभामुख पदका लागि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपनि उप सभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिए मात्रै त्यो बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?