काठमाडौं, १८ साउन । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय ३३ जना नेपाली स्वदेश फर्किदैछन् । नेपालीहरु मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी स्वदेश फर्कन लागेका हुन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४, मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ उक्त विमानमा १४ जनाको शव, कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ उक्त विमानमा ४ वटा शव, दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२, युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना नेपालीहरु आउन लागेका हुन् ।

यस्तै कतार एयरको उडानमार्फत अमेरिका, युरोप र कतारमा रहेका १४० जना नेपालीहरु स्वदेश फर्किन लागेको जनाइएको छ।




