काठमाडौं, १७ साउन । मौसमविदले आज देशका केही स्थानमा ठूलो पानी पर्ने जनाएका छन् ।
मौसमविद्का अनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक र दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

सोमबार सम्म कम पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ।




