advertisement

“चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेकको अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभसँग रहेको छ । चीनले आफनो बेल्ट एण्ड रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तानसँग मिली नेपालको उपयोग गरी भारतलाई घेराबन्दीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुराको विवाद प्रारम्भ गराएको छ ।”, गिरी भन्छिन्। भारतले सडक निर्माण गर्दा सम्म चुप बसेको नेपाललाई चीनले उचालेको गिरीको आरोप छ।

“भारतले सडकको उद्घाटन गरे पछि नेपाललाई उचाली नयाँ नक्शा पास गर्न लगाइ लिपुलेक र लिम्पियाधुराबारेको विवाद चीनले शुरु गराएको हो । यो १९६२ जस्तो हिंदी चीनी भाई भाई को नारा जस्तै एउटा जाले हो । चीनको कुत्सित मनशाय रहेको छ कि भारतले सडक बनाओस् र चीन र नेपालले कालापानी क्षेत्रको उक्त सडक माथि आधिपत्य कायम गरुन ।”,गिरीको भनाई छ। साथै नेपालबाट मधेशी जनतालाई लखेट्ने योजना रहेको पनि आरोप लगाएकी छन्।

" /> सरिता गिरीको ठोकुवा – ‘चीनले नेपाललाई उचालेकै हो, कालापानी नेपालको हुँदै होइन’ - Sarbocha Media

सरिता गिरीको ठोकुवा – ‘चीनले नेपाललाई उचालेकै हो, कालापानी नेपालको हुँदै होइन’

`

     २०७७ श्रावण १५ गते १२:११

काठमाडौँ, १५ साउन । सरिता गिरीले नयाँ नक्सा सार्वजनिक गर्न चीनले उचालेको बताएकी छन्। गिरीले चीन कम्युनिष्ट गुरु रहेको र नेपालका कम्युनिष्टलाई नयाँ नक्सा ल्याउन पनि उचालेको बताएकी हुन्।

कालापानी(लिपुलेक लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण छैन भन्दै आएकी गिरी भारतलाई पाकिस्तानसँग मिलेर घेर्ने चीनको योजना अनुरुप कालापानी विवाद निकालिएको बताउँछिन्। लिम्पियाधुरा र लिपुलेक विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एण्ड रोड इनिसिएटिभसँग रहेको गिरीको दावी छ।

advertisement

“चीन त अहिले कम्युनिष्ट गुरु नै हो । लिम्पियाधुरा र लिपुलेकको अहिलेको विवादको प्रत्यक्ष सम्बन्ध चीनको बेल्ट एन्ड रोड इनिसियेटिभसँग रहेको छ । चीनले आफनो बेल्ट एण्ड रोड इनिसियेटिभ परियोजना अन्तर्गत पाकिस्तानसँग मिली नेपालको उपयोग गरी भारतलाई घेराबन्दीमा पार्नका लागि लिपुलेख र लिम्पियाधुराको विवाद प्रारम्भ गराएको छ ।”, गिरी भन्छिन्। भारतले सडक निर्माण गर्दा सम्म चुप बसेको नेपाललाई चीनले उचालेको गिरीको आरोप छ।

“भारतले सडकको उद्घाटन गरे पछि नेपाललाई उचाली नयाँ नक्शा पास गर्न लगाइ लिपुलेक र लिम्पियाधुराबारेको विवाद चीनले शुरु गराएको हो । यो १९६२ जस्तो हिंदी चीनी भाई भाई को नारा जस्तै एउटा जाले हो । चीनको कुत्सित मनशाय रहेको छ कि भारतले सडक बनाओस् र चीन र नेपालले कालापानी क्षेत्रको उक्त सडक माथि आधिपत्य कायम गरुन ।”,गिरीको भनाई छ। साथै नेपालबाट मधेशी जनतालाई लखेट्ने योजना रहेको पनि आरोप लगाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?