काठमाडौं, १५ साउन । पूर्व एमालेका ६ युवा नेताले ६ बुँदेबाट पछि हट्न गरेको आग्रहलाई नेकपा उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन् ।
पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ६ बुँदे प्रस्ताव गरेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धर बुधबार बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए।
ती नेताहरुले प्रस्तावमा असहमती जनाउदै गौतमलाई पछी हट्न अनुरोध गरेका थिए ।

‘तपाईंले ल्याएको प्रस्तावमा हामी सहमत छैनौं। तपाईं केपी कमरेड (केपी शर्मा ओली)बाट उपयोग मात्र हुनुभयो। तपाईंको प्रस्ताव आउनु, प्रधानमन्त्री निवासमै आएर डिनर गर्नु, बाहिर अनेक कुरा आए, खासमा के कुरा भयो रु’ उनीहरुको प्रश्न थियो ।
जवाफमा गौतमले भने, ‘एउटा कुर्सीकै लागि पार्टी फुटाउन दिने कुरा हुन्न। जोगाउन म लागेको हुँ। लात खाए पनि खाऔंला, बात खाए पनि खाऔंला। अहिले यही प्रस्ताव हेरौं।’
६ नेता बिहान १०ः३० बजे भैंसेपाटी पुगेका थिए। उनीहरूले झन्डै ३ घण्टा उनीहरूले उपाध्यक्ष गौतमसँग कुरा गरेका थिए।




