advertisement

यसअघि बुधबार बिहान ३४ र साँझ १७ जनामा संक्रमण पुष्टि भएको थियो । बधुबार एकैदिन पर्सामा ८४ जनामा संक्रमण फेला परेको थियो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।

" /> पर्सामा स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

पर्सामा स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ श्रावण १५ गते ६:५०

पर्सा, १५ साउन । पर्सामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायत रहेका छन् ।

बुधबार राति २५ जना पुरूष र ८ जना महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालक छन् । यस्तै ३४ वर्षीय २ जना नेपाली सेनाका, २४ वर्षीय एकजना नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ८ का २ जना , वडा नम्बर १ , २ , ३ , १५ , १६ र २३ का १-१ जना तथा पर्साकै पटेर्वासुगौली ५ का ३ जना र जगरनाथपुर गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि बताइएको छ ।

advertisement

यसअघि बुधबार बिहान ३४ र साँझ १७ जनामा संक्रमण पुष्टि भएको थियो । बधुबार एकैदिन पर्सामा ८४ जनामा संक्रमण फेला परेको थियो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?