advertisement

मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख थियो । तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको सीसी क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम नदेखिएको जनाइएको छ ।त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे केही थाहा नभएको पाइएको छ। बरु केहीसँगको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ ।

" /> रहस्यमय बन्दै १५ किलो सुन प्रकरण - Sarbocha Media

रहस्यमय बन्दै १५ किलो सुन प्रकरण

`

     २०७७ श्रावण १५ गते ५:००

काठमाडौं, १५ साउन । काठमाडौंको कमलादीबाट १५ किलो सुन भनेर बरामद गरेको पहेँलो धातुबारेको अनुसन्धान रहस्यमय बन्दै गएको छ । कमलादीबाट बरामद गरिएको भनिएको स्थान सुन्धारा हुन सक्ने पत्ता लागेको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ । सो समितिले अनुसन्धान अधिकृतको कमजोरी रहेको पत्ता लगाएको छ। घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको छ । यसमा को को संलग्न रहेको भन्ने विषय खुलिनसकेको बताइएको छ ।

advertisement

मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख थियो । तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको सीसी क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम नदेखिएको जनाइएको छ ।त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे केही थाहा नभएको पाइएको छ। बरु केहीसँगको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?