काठमाडौं, १४ साउन । सुनको भाउ निरन्तर वृद्धि हुने क्रम जारी नै छ । आज साताको चौथो दिन पनि सुनको भाउ ३ सयले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको जनाइएको छ। एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ ।
आज चाँदी भने घटेको छ । तोलामा २० रुपैयाँ घटेको चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।




