advertisement

गत जुन महिनामा अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न चेतावनी जारी गरेको थियो । हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ ।

" /> अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी हुने फेरि दोहोर्‍याए - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी हुने फेरि दोहोर्‍याए

`

     २०७७ श्रावण १४ गते २:५९

काठमाडौं, १४ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । ट्रम्पले यो औषधि कोरोना संक्रमितलाई प्रभावकारी हुने फेरि दोहोर्याएका छन् ।

ट्रम्पले सबैभन्दा पहिले गत मार्च महिनामा कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि उपयोग गर्न सकिने बताएका थिए । उनले कोरोनाबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको समेत बताएका थिए । उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै १४ दिनसम्म यो औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नभएको बताए ।

उनले सुरुवाती स्टेजमा यो औषधि प्रभावकारी हुने बताएका छन् । यसको प्रयोगबाट कुनै हानी नहुने उनको भनाइ रहेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वका अन्य वैज्ञानिकहरुले भने कोरोनाको औषधि हालसम्म पत्ता नलागेको बताएका छन् । उनीहरुले हाइड्रोक्सिक्लोरोक्विन औषधि आफूखुसी खाँदा मुटुमा नकारात्मक असर पर्ने चेतावनीसमेत दिएका छन् ।

advertisement

गत जुन महिनामा अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न चेतावनी जारी गरेको थियो । हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?