काठमाडौं, १२ साउन । आज साताको दोस्रो दिन पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय सुनले दिनहुँ नयाँ रेकर्ड बनाउने क्रम जारी नै राखेको छ ।
आज सोमबार एकैदिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज भने ९७ हजार ३ सय पुगेको छ ।

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो ।




