advertisement

विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउने या नबनाउने भन्ने आउने भदौमा नै थाहा पाउनेछ ।

" /> विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदै - Sarbocha Media

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदै

`

     २०७७ श्रावण १२ गते ४:३७

काठमाडौं, १२ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । उनको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदैछ ।

घिसिङ २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले देशभरको लोडसेडिङ हटाउनुको साथै विद्युत प्राधिकरणलाई नाफामा लगेका छन् ।

कुलमान घिसिङ देशका एक उदाहरणीय व्यक्ति बनेका छन् । उनले देशलाई राम्रो काम दिएका छन् । उनलाई फेरि कार्यकारी निर्देशकमा नियुक्त गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् ।

advertisement

विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउने या नबनाउने भन्ने आउने भदौमा नै थाहा पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?