advertisement

प्रचण्डको निर्देशन अनुसारपीडितहरुलाई एक महिना भित्र सुरक्षित आबास निर्माण गरिने भएको छ ।

" /> चेपाङहरुको सुरक्षित आवास चाँडै निर्माण हुने, रेणु दाहाल राहत लिएर पुगिन् घटनास्थलमा - Sarbocha Media

चेपाङहरुको सुरक्षित आवास चाँडै निर्माण हुने, रेणु दाहाल राहत लिएर पुगिन् घटनास्थलमा

`

     २०७७ श्रावण १२ गते १:०९

काठमाडौं, १२ साउन । चितवनको चेपाङ बस्तीलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पीडितहरुलाई एक महिनाभित्र सुरक्षित आवास निर्माण गर्न निर्देशन दिएका छन् ।

निकुञ्ज प्रशासनले चितवनको माडी नगरपालिका वडा नम्बर कुसुमखोलास्थित चेपाङ बस्तीमा केही दिन अगाडि आगजाको साथै हात्ती लगाएर घरहरु भत्काएको घटना बाहिरिएको थियो । प्रचण्डको सचिवालयले उक्त घटना प्रति प्रचण्डाको गम्भीर ध्यानआर्कषण भएको छ । अब एकमहिना भित्र चेपाङहरुलाई सुरक्षित आबास निर्माण गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले उक्त घटनाको स्थलगत अनुगमन गरेकी छन् । उनीसंगै माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाल, मानवअधिकारबादी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु राहत सामाग्री बोकेर घटना स्थलमा पुगेका छन् ।

advertisement

प्रचण्डको निर्देशन अनुसारपीडितहरुलाई एक महिना भित्र सुरक्षित आबास निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?