पत्नी हत्या आरोपी पूर्वडीआईजीको मुद्दा न्यायाधीश वमकुमार, प्रकाशकुमार र कुमारको बेन्चमा

`

     २०७७ श्रावण ११ गते ६:२०

काठमाडौं, ११ साउन। आफ्नै पत्नीको हत्या गरी जलाएको आरोप लागेका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज आइतबार सुनुवाइ हुँदै छ ।

कोइरालालाई बाँकी कैद सजाय छुट दिने फैसला पुनरावलोकनका लागि परेको निवेदन सुनुवाइ गर्न तीन सदस्यीय इजलास गठन गरेको छ । ति तीन सदस्यीय न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी हुन् । उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ ।

पत्नी गीताको हत्या गरेको आरोप लागेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?