वीरगन्ज, १० साउन । नेपालमा लकडाउन हटाए लगतै दिनहुँ जसो कोरोनाबाट ज्यान गुमाएको घटना घटेको छ ।
वीरगन्जमा तीन दिनमा कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको भइसकेको छ । लकडाउनको समयमा अहिले जस्तो दैनिक कोरोनाबाट मृत्यु हुने गरेको थिएन ।
गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार ज्यान गएको छ। उनको मृत्यु साँझ साढे ५ बजे भएको जनाइएको छ ।
यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाले ज्यान गुमाइन्। त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो।
अस्पतालका अनुसार युवतीको ज्यान गएपछि उनमा कोरोना पुष्टि भएको हो । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि युवतीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।

गण्डक अस्पतालमा मंगलबार अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। लकडाउन हटाएपछि नै चिनियाँ एक नागरिकको पनि नेपालमा कोरोनाबाट ज्या गएको छ । लकडाउन हटाएपछि केस थोरै नै आएपनि मानिसहरुले भने ज्यान गुमाएको घटनाहरु भने निरन्तर घटिरहेको छ ।




