advertisement

एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो।’ अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए।

" /> ओलीकै सक्रियतामा एमाले दर्ता भएकाले नेकपा संकटमा पर्याे : प्रचण्ड - Sarbocha Media

ओलीकै सक्रियतामा एमाले दर्ता भएकाले नेकपा संकटमा पर्याे : प्रचण्ड

`

     २०७७ श्रावण ०९ गते ९:३५

काठमाडौं, ९ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले घुमाउरो भाषामा यसअघि ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेत गरे। उनले भने ‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उनले भने।

advertisement

एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो।’ अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?