advertisement

ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको पाइएको एसएसपी थापाले जानकारी दिएका छन् । पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् ।

आफूले ‘बहिनी’ भन्ने गरेको परिचित युवतीलाई बाफलमा छाडेपछि आलम मोटरसाइकल लिएर कारखानामा आए । त्यहाँबाट मुन्नालाई लिएर बाफल चोक गए । रक्सीको बोतलमा भरिएको एसिड दिँदै उनले मुन्नालाई भने, ‘त्यो केटी आएपछि मुखमा लाग्नेगरी बोत्तलले हान्नु, अनि गाडी खुलेपछि भारत जानु ।’

साहुको निर्देशन अनुसार मुन्ना बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसे । मकैबारी नजिकै युवती बस्थिन् । आलमले भनेको युवती आएको देखेपछि उनले एसिड फ्याके । उनी चिच्याउन थालिन् । आलम नजिकै बसेर सो घटना नियालिरहेका थिए । एसिड फ्याकेपछि उनले मुन्नालाई लिएर कारखानामा गए ।

प्रहरीका अनुसार उनको गाला र टाउकोमा एसिड लागेको छ । उनको अवस्था सामान्य नै छ । पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन् । घटना लगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । एसिड छर्किने व्यक्तिको हातमा समेत एसिडले भेटेको छ ।

अर्को केटा मन पराएपछि…

आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलको सिसिटीभी फुटेज र फोन कलको आधारमा मुन्ना र आलम पक्राउ परे । एसिड आक्रमणपछि आलमले युवतीको मोवाइलमा एनसेल नम्बरबाट दर्जनौं पटक मिसकल गरेको भेटेपछि प्रहरीले उनलाई खोजेको थियो । आक्रमण योजना सफल भएपछि उनि कारखाना नजिकै रहेको कोठामा गएका थिए । मुन्न कारखाना मै बस्थे ।

" /> एकतर्फी प्रेमको परिणाम : अर्को केटा मन पराएपछि युवतीमाथि एसिड प्रहार - Sarbocha Media

एकतर्फी प्रेमको परिणाम : अर्को केटा मन पराएपछि युवतीमाथि एसिड प्रहार

`

     २०७७ श्रावण ०९ गते ८:४६

काठमाडौं, ९ साउन । काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) हानेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको दुई घण्टाभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको झोंकमा एसिड छ्यापेको उनीहरूले प्रहरीलाई बयान दिएका छन् ।

एसिड हान्नुअघि मुन्नाले युवतीलाई ३७ पटक मिसकल गरेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति पौने ९ बजेतिर दही किन्न निस्केकी युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए । तेजाब मुन्नाले छ्यापेका थिए । मोहमदले मुन्नालाई युवतीको घर नजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए ।

advertisement

ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको पाइएको एसएसपी थापाले जानकारी दिएका छन् । पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् ।

आफूले ‘बहिनी’ भन्ने गरेको परिचित युवतीलाई बाफलमा छाडेपछि आलम मोटरसाइकल लिएर कारखानामा आए । त्यहाँबाट मुन्नालाई लिएर बाफल चोक गए । रक्सीको बोतलमा भरिएको एसिड दिँदै उनले मुन्नालाई भने, ‘त्यो केटी आएपछि मुखमा लाग्नेगरी बोत्तलले हान्नु, अनि गाडी खुलेपछि भारत जानु ।’

साहुको निर्देशन अनुसार मुन्ना बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसे । मकैबारी नजिकै युवती बस्थिन् । आलमले भनेको युवती आएको देखेपछि उनले एसिड फ्याके । उनी चिच्याउन थालिन् । आलम नजिकै बसेर सो घटना नियालिरहेका थिए । एसिड फ्याकेपछि उनले मुन्नालाई लिएर कारखानामा गए ।

प्रहरीका अनुसार उनको गाला र टाउकोमा एसिड लागेको छ । उनको अवस्था सामान्य नै छ । पीडितले एसिड छ्याप्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन् । घटना लगत्तै सीसीटीभी फुटेजबाट पहिचान गरेर पीडकलाई पक्राउन गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । एसिड छर्किने व्यक्तिको हातमा समेत एसिडले भेटेको छ ।

अर्को केटा मन पराएपछि…

आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलको सिसिटीभी फुटेज र फोन कलको आधारमा मुन्ना र आलम पक्राउ परे । एसिड आक्रमणपछि आलमले युवतीको मोवाइलमा एनसेल नम्बरबाट दर्जनौं पटक मिसकल गरेको भेटेपछि प्रहरीले उनलाई खोजेको थियो । आक्रमण योजना सफल भएपछि उनि कारखाना नजिकै रहेको कोठामा गएका थिए । मुन्न कारखाना मै बस्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?