advertisement

मृत्यु भइसकेपछि उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

" /> नेपालमा फेरि एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो - Sarbocha Media

नेपालमा फेरि एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

`

     २०७७ श्रावण ०८ गते ३:१३

वीरगञ्ज,८ साउन । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगेकै दिन साँझ उनको ज्यान गयो ।

advertisement

मृत्यु भइसकेपछि उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?