advertisement

ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको छ।’उ हाँको शव अहिले अस्पतालमै छ। दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने कुरा छ,’ निर्देशक पौडेलले भने।

मृतक महिलाबारे थप विवरण लिने काम भइरहेको छ। नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।

" /> टिचिङ अस्पतालमा कोरोनाबाट एक चिनियाँ नागरिकको मृत्यु - Sarbocha Media

टिचिङ अस्पतालमा कोरोनाबाट एक चिनियाँ नागरिकको मृत्यु

`

     २०७७ श्रावण ०७ गते ९:४६

काठमाडौं, ७ साउन । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

‘उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो,’ उनले भने। मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो।

advertisement

ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको छ।’उ हाँको शव अहिले अस्पतालमै छ। दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने कुरा छ,’ निर्देशक पौडेलले भने।

मृतक महिलाबारे थप विवरण लिने काम भइरहेको छ। नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?