एजेन्सी, ७ साउन । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको ३७ हजार ७ सय २४ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ । त्यस्तै ६ सय ४८ व्यक्तिको मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख ९२ हजार ९ सय ५१ पुगेको छ, भने हालसम्म २८ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ।

भारतमा सक्रिय केसहरूको संख्या ४ लाख ११ हजार १३३ छ। त्यस्तै ७ लाख ५३ हजार ४९ व्यक्ति अहिलेसम्म निको भएका छन्।




