advertisement

आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ।

सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझसम्म पनि पाइने छैन। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

" /> भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने सरकारको निर्णय - Sarbocha Media

भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने सरकारको निर्णय

`

     २०७७ श्रावण ०६ गते १:२६

काठमाडौं, ६ साउन ।  सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ता खुला गर्ने निर्णय गरेको हो।

यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।

साउन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।

advertisement

आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ।

सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझसम्म पनि पाइने छैन। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?