काठमाडाैं, ६ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झुक्काएर राष्ट्रपति निवास नपुर्याएकाे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। प्रचण्डलाई परिबन्दमा पारेर राष्ट्रपति निवास पुर्याइएकाे भन्ने विषयमा स्पष्ट पार्दै उनले यस्ताे बताएका हुन्।
प्रधानमन्त्री निवासमा बसेकाे स्थायी कमिटी बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले प्रचण्ड झुक्काएर लैजाने खालकाे अध्यक्ष नभएकाे स्पष्ट पार्दै झुक्काएर लगिएकाे भन्ने विषयमा सत्यता नभएकाे बताए। उनले भने, ‘उहाँ जानु भएकाे हाे। झुक्काएर लगिएकाे भन्नेमा सत्यता छैन।’
खुमलटार बैठकमा प्रचण्डले ब्रिफिङ गरेकाे भन्ने छ नि? भन्ने पत्रकारकाे जिज्ञासामा श्रेष्ठले यस्ताे ब्रिफिङ नभएकाे जानकारी गराए।

आजकाे बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित थिए। उनी थाकेकाले बैठकमा नआएकाे प्रवक्त्ता श्रेष्ठले बताए। उनकाे अनुपस्थितिमा बैठक छाेटाे समय बसेकाे थियाे।
श्रेष्ठले पार्टीभित्रकाे विवाद समाधानका लागि छलफल जारी रहेकाे जानकारी दिए। बैठक अझै ६ महिना लम्बिन्छ? भन्ने पत्रकारकाे जिज्ञासामा श्रेष्ठले वर्षाका कारण बैठक लम्बिएकाे बताए। पार्टीमा गृहकार्य भइरहेकाले पार्टी एकतालाई रक्षा गर्ने गरी र समस्या समाधान गर्ने गरी छिट्टै सहमति हुने उनले बताए।
बैठकले बाढी पहिराेका कारण क्षति भएका संरचनाकाे पुनर्निर्माण गर्न पनि सरकारकाे ध्यानाकर्षण गराएकाे छ। बैठकअघि दुई अध्यक्षबीच छलफल भएकाे थियाे।




