advertisement

यद्यपि यसले संक्रमणलाई पूर्ण रूपमा रोक्न सक्छ भन्न भने नसकिन जनाइएको छ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू यी नतिजाहरूसँग खुसी छन्। उनीहरू भन्छन्, यस सफलतापछि उनीहरूले खोपको सफलताको पुष्टि गर्न जानेछन् ठूला पैमानेमा मानव परीक्षण गरेर।

बेलायत सरकारले यस खोपको १० करोड डोज अर्डर गरिसकेको छ।

" /> अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्ध खोपको परीक्षण सफल - Sarbocha Media

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्ध खोपको परीक्षण सफल

`

     २०७७ श्रावण ०६ गते ४:५८

एजेन्सी, ६ साउन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय कोरोना भाइरस खोप विकास गर्न सफल भएको छ। विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस खोप मानवको लागि सुरक्षित भएको पाइएको छ।

मानव परीक्षणको क्रममा विश्वविद्यालयले पत्ता लगायो कि यस खोपले मानिसहरूलाई कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता विकास गरेको छ। यसलाई कोभिड १९ को महामारीबिरूद्ध विश्वव्यापी खोप निर्माणको काममा एक प्रमुख उपलब्धि भन्नु गलत हुनेछैन।

युनिभर्सिटीका अनुसार १ हजार ७७ व्यक्ति यस खोप परीक्षणमा समावेश थिए। मानव परीक्षणको क्रममा खोप लगाइएका व्यक्तिहरूमा कोरोना भाइरसविरुद्ध लड्ने सेतो रक्त कोषहरू र एन्डोबडीहरूको विकास भएको प्रमाण छ।

advertisement

यद्यपि यसले संक्रमणलाई पूर्ण रूपमा रोक्न सक्छ भन्न भने नसकिन जनाइएको छ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू यी नतिजाहरूसँग खुसी छन्। उनीहरू भन्छन्, यस सफलतापछि उनीहरूले खोपको सफलताको पुष्टि गर्न जानेछन् ठूला पैमानेमा मानव परीक्षण गरेर।

बेलायत सरकारले यस खोपको १० करोड डोज अर्डर गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?