काठमााडौं, ५ साउन । साताको दोस्रो दिन सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ रहेको जनाइएको छ ।




