काठमाडौं, ४ साउन । आज हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ३ सयले बढेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ३ सय बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
गएको बिहीबार सुनको भाउ अहिलेसम्मकै महंगो भएको थियो । तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ ।




