काठमाडौं, ५ माघ। गायिका आस्था राउतमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध बिहीबार उजुरी गरेकी थिइन् ।
advertisement
राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै श्रेष्ठले महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय,गौचरमा उजुरी दिएकी थिइन् । यो घटना बुधबार अपराह्न राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।
सो घटनाको सीसीटीभी फुटेज पनि निकालिसकेको छ। भिडियो ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको थियाे। ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्यो ?, म गायिका हो, चिन्नु भएन ? ’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेकी विवरणा आएको बताइएकाे छ ।
सीसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ । श्रेष्ठको उजुरी र घटनाको उक्त सीसीटीभी फुटेज महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो।
सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै प्रहरी आयुक्तको कार्यालयले काठमाडौं परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ।
आयुक्त कार्यालयको निर्देशनपछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको जनाइएको छ । गायिका आस्था राउतले सामाजिक संजालमार्फत आफूमाथि दुव्र्यवाहार गरेको आरोप लगाउँदै तथानामा गाली पनि गरेकी थिइन् ।
सम्बन्धित समाचारहरु
प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले गरिन् गाली
आस्था राउतलाई राजेश पायलकाे सुझाव- ठुली भइसक्यौँ धेरै रुन्ची नबन, साहरुखलाई त कट्टुमै चेक गरेको थियो
आस्थालाई दिपकको यस्तो पत्र-यो देशमा नेता मात्रै भीआईपी हो, हामीले नै होसियार हुनुपर्छ



