काठमाडौं, ३१ असार। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका उनी समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन रहेका छन् । उनी कैलालीमा पक्राउ परेको बताइएको छ ।

पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको विप्लव समूहले जनाएको छ।




