advertisement

‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो?,’ रावलको प्रश्न छ, ‘विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?’

" /> प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : कालापानीबाट भारतीय फौज हटाउने कि अयोध्याबारे बहस गर्ने ? - Sarbocha Media

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : कालापानीबाट भारतीय फौज हटाउने कि अयोध्याबारे बहस गर्ने ?

`

     २०७७ आषाढ ३० गते ९:१३

काठमाडौं, ३० असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। सोमबार प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम राम भारतमा नभई नेपालमा जन्मिएको अभिव्यक्ति दिएका थिए।

रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएको उल्लेख गरेका छन्। गम्भीर विषयमा पार्टी र सरकारसँग छलफल गर्न नपर्ने भन्दै उनले प्रधानमन्त्रीमाथि प्रश्न पनि उठाएका छन्।

advertisement

‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो?,’ रावलको प्रश्न छ, ‘विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?