advertisement

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले लेखेका छन्, ‘प्रम मको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

" /> प्रधानमन्त्री ओलीले दिएको राम नेपालको अयोध्यापुरीमा जन्मिएको भन्ने अभिव्यक्ति प्रति सर्वत्र आलोचना - Sarbocha Media

प्रधानमन्त्री ओलीले दिएको राम नेपालको अयोध्यापुरीमा जन्मिएको भन्ने अभिव्यक्ति प्रति सर्वत्र आलोचना

`

     २०७७ आषाढ ३० गते ४:३७

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेतायुगका राम नेपालमा जन्मिएको अभिव्यक्ति दिएपछि भारत मात्र नभइ नेपालमा पनि उनको चर्को आलोचना हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले राम पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएको थियो । उनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटरमार्फत आधी कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सिधै बैकुण्ठधामको यात्रा गरौं भनेका छन् ।

उनले ट्वीटरमा लेखेका यो पनि लेखेका छन्– ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ १ अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं ।’

advertisement

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले लेखेका छन्, ‘प्रम मको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?