काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज (बिहीबार) जसपा आयोगमा दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एक नेताले जानकारी दिए । अब एकीकरणको प्रमाणपत्र दिने र राजपत्रमा सूचना निकाल्ने काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।




