पोखरा, ४ माघ । अन्नपूर्ण आधार शिविरमा घुम्न जाँदा बेपत्ता भएका पर्यटकहरुलाई खोज्न हेलिकोप्टरबा रेस्क्यु टोली घटनास्थलतर्फ लागेको छ।
advertisement
पछिल्लो जानकारी अनुसार शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली बेपत्ता भएको छ । ४ जना कोरियाली र ३ जना नेपाली भेटिएको छैन । स्थानीयहरू पनि देउरालीमा पुगेर हिउँ पन्छाउन थालेका छन्।
सम्पर्क विहिन भएका कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन अझै सम्पर्कविहीन नै छन्।
नेपाली गाइड सरोज परियार पनि बेपत्ता भएका छन्। बेपत्ता हुने अन्य २ जनाको पहिचान खुल्न बाँकी नै भएको बताइएको छ।



