advertisement

कार्यालयबाट हुने कामहरुका लागि नगरपालिका अगाडि राखिएको टेवुलमा फाईलहरु जम्मा गर्ने र उक्त फाईलहरु दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाईने व्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले जानकारी गराए। नारायण नगरपालिकामा हालसम्म जम्मा २३५ जना सक्रमित देखिएका मध्ये २२३ जना डिस्चार्ज भएर घर गईसकेका छन् । दैलेख जिल्लामा आइतबारसम्म ७८१ जना कोरोना संक्रमित देखिएका छन, भने ७०३ जना डिस्चार्ज भएर घर गई सकेका छन्।

" /> नारायण नगरपालिकाका सात जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखियो, सेवाग्राही मर्कामा - Sarbocha Media

नारायण नगरपालिकाका सात जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखियो, सेवाग्राही मर्कामा

`

     २०७७ आषाढ २१ गते १२:४०

दैलेख, २१ असार। दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण बढ्दै गएपछि कार्यालयको कामकाज हुन सकेको छैन । असारको अन्तिम समयमा आउदा नारायण नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुमा कोरोना देखिएपछि कार्यालयमा सर्वसाधारणहरुले कार्यालयबाट हुने कामबाट बन्चित भएका छन् ।

आइतबार मात्र थप पाँच जना नारायण नगरपालिकाका कर्मचारीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शुक्रबार केहि जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव संकलन गरिएकोमा थप पाँच जना संक्रमित देखिएका हुन् । बाँकी कर्मचारी र जनप्रतिनिधिहरुलाई आज स्वाव संकलन गर्ने तयारी भईरहेको नगर प्रमुख रत्न वहादुर खड्काले जानकारी दिए। यस कार्यालयमा सात जना संक्रमित देखिइसकेका छन्। असार मसान्तको समयमा उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारण, स्वाव संकलन नभएका कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कार्यालयमा जान दिईएको छैन ।

advertisement

कार्यालयबाट हुने कामहरुका लागि नगरपालिका अगाडि राखिएको टेवुलमा फाईलहरु जम्मा गर्ने र उक्त फाईलहरु दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाईने व्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले जानकारी गराए। नारायण नगरपालिकामा हालसम्म जम्मा २३५ जना सक्रमित देखिएका मध्ये २२३ जना डिस्चार्ज भएर घर गईसकेका छन् । दैलेख जिल्लामा आइतबारसम्म ७८१ जना कोरोना संक्रमित देखिएका छन, भने ७०३ जना डिस्चार्ज भएर घर गई सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?