advertisement

जसमा बाँस्कोटाले प्रचण्ड पक्षको नाम त लिएका छैनन् तर, एमालेसँग मिल्न आएको पूर्वमाओवादी समूहलाई भने इंगित गरेका छन्। प्रधानमन्त्री ओलीलाई ‘घरमुली’ र अर्का अध्यक्ष दाहालको समूहलाई बाँस्कोटाले ‘डेरावाला’ भनेको स्पष्ट बुझ्न सकिन्छ।

प्रधानमन्त्रीको राजीनामा मागिरहेका दाहाल पक्षलाई बाँस्कोटाले प्रश्न छ, ‘अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउनेरु डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङलेरु’ बाँस्कोटाले पार्टीको स्थायी कमिटीलाई अस्थिरता र प्रतिशोध साध्ने अखाडो भएको टिप्पणी गरेका छन्।

" /> प्रचण्ड पक्षलाई गोकुलको प्रश्न – ‘डेरामा बसेकाले घरमुलीलाई हटाउन खोज्ने?’ - Sarbocha Media

प्रचण्ड पक्षलाई गोकुलको प्रश्न – ‘डेरामा बसेकाले घरमुलीलाई हटाउन खोज्ने?’

`

     २०७७ आषाढ २१ गते ९:५९

काठमाडौं, २१ असार। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गर्दा प्रधानमन्त्रीका समर्थनकहरु सरकारको बचाउमा उत्रिएका छन्। केहि दिन अघि बालुवाटार निवासमै आफ्नो गुटका युवाहरुलाई भेला पारेर प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा देशभर प्रदर्शन गर्न निर्देशन दिएका थिए।

पार्टीमा अल्पमतमा रहेका ओलीले आफ्ना कट्टर समर्थक नेताहरुलाई समेत परिचालन गरेका छन्। गोकुल बाँस्कोटा प्रधानमन्त्री अ‍ोलीको विश्वासपात्र मानिन्छन्। पार्टीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमाथि बेलाबेला खनिरहने बाँस्कोटाले फेरि एक रुखो ट्विट गरेका छन्।

advertisement

जसमा बाँस्कोटाले प्रचण्ड पक्षको नाम त लिएका छैनन् तर, एमालेसँग मिल्न आएको पूर्वमाओवादी समूहलाई भने इंगित गरेका छन्। प्रधानमन्त्री ओलीलाई ‘घरमुली’ र अर्का अध्यक्ष दाहालको समूहलाई बाँस्कोटाले ‘डेरावाला’ भनेको स्पष्ट बुझ्न सकिन्छ।

प्रधानमन्त्रीको राजीनामा मागिरहेका दाहाल पक्षलाई बाँस्कोटाले प्रश्न छ, ‘अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउनेरु डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङलेरु’ बाँस्कोटाले पार्टीको स्थायी कमिटीलाई अस्थिरता र प्रतिशोध साध्ने अखाडो भएको टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?