काठमाडौं, २१ असार। प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ ।
नेकपाका दुई अध्यक्षबीच आज बालुवाटारमा भेटवार्ता हुँदैछ । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार गएको बताइएको छ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको हो। ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् ।




