काठमाडौं, २० असार। कोरोना भाइरस काठमाडौं उपत्यकाको ढलमा भटिएको छ ।
सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको चार स्थानमा कोरोना फेला पारेको जनाइएको छ।

अध्ययनको लागि ढलको नमुना संकलन गर्दा कोरोना फेला परेको बताइएको छ । उक्त अध्ययनले उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिएको देखाएको पत्ता लगाएको छ ।




