काठमाडौं, २० असार। बझाङमा पहिरो जाँदा १७ घर पुरिएको जनाइएको छ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो गएको हो । त्यो बाहेकको अरु क्षतिको एकिन विवरण भने नआएको बताइएको छ। नेपाली सेनालाई र प्रहरी टोली घटनास्थलमा गइसकेको छ ।

स्थानीयका अनुसार अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएका छन् ।




