advertisement

यसैगरी गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं. ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सेन्ट्रल अस्पतालमा उपचाररत छन् ।

" /> भरतपुरस्थित प्रयोगशालामा २५ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

भरतपुरस्थित प्रयोगशालामा २५ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ आषाढ १७ गते ३:४२

काठमाडौं, १७ असार। भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार बिहान २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

भरतपुर अस्पतालका अनुसार मंगलबार १०१ वटा नमूना परीक्षण गरिएको मध्य २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनीहरु वडा नं. ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं. ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं. ५ का २५ वर्षीय पुरुष र वडा नं.३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् । यस्तै चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पूर्वी नवलपरासी (नवलपुर) गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

advertisement

यसैगरी गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं. ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सेन्ट्रल अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?