advertisement

स्वास्थ्यमा समस्या आएपछि खगेन्द्रलाई बिहीबार पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा भर्ना भएका उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको थियो । अस्पतालका अनुसार उनकाे निधन निमोनियाका कारण भएकाे हाे ।

यसअघि उनको स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको बताइएको छ। बागलुङ धुल्लुवासकोटमा जन्मिएका खगेन्द्रले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए।

२०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखिएको उनको उचाई ५७ सेन्टिमिटर (२२.०४ इन्च) थियो। खगेन्द्र २०४९ असोज १८ मा जन्मिएका थिए । जन्मदाँ उनकाे तौल जम्मा ६ सय ग्राम थियो।

" /> विश्वकै होचो व्यक्तिको र्कीतिमानी खगेन्द्र थापाको निधन - Sarbocha Media

विश्वकै होचो व्यक्तिको र्कीतिमानी खगेन्द्र थापाको निधन

`

     २०७६ माघ ०४ गते १:२१

पोखरा, ४ माघ । विश्वकै होचो कीर्तिमान राखेका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएको छ । उनको निधन पोखरामा भएकाे हाे ।

advertisement

स्वास्थ्यमा समस्या आएपछि खगेन्द्रलाई बिहीबार पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा भर्ना भएका उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको थियो । अस्पतालका अनुसार उनकाे निधन निमोनियाका कारण भएकाे हाे ।

यसअघि उनको स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको बताइएको छ। बागलुङ धुल्लुवासकोटमा जन्मिएका खगेन्द्रले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए।

२०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखिएको उनको उचाई ५७ सेन्टिमिटर (२२.०४ इन्च) थियो। खगेन्द्र २०४९ असोज १८ मा जन्मिएका थिए । जन्मदाँ उनकाे तौल जम्मा ६ सय ग्राम थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?