advertisement

१५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बिरामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको बताइएको छ ।

" /> नेपालमा पनि कोरोना संक्रमणका ८ सय बिरामीहरुमा औषधि परीक्षण गरिने - Sarbocha Media

नेपालमा पनि कोरोना संक्रमणका ८ सय बिरामीहरुमा औषधि परीक्षण गरिने

`

     २०७७ आषाढ १६ गते ३:२२

काठमाडौं, १६ असार । विश्वभरको वैज्ञानिकहरु कोरोना संक्रमणविरुद्धको औषधि पत्ता लगाउन दिन रात खटिरहेका छन् । यस्तै नेपालले पनि कोरोना संक्रमितका उपचारका लागि विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ ।

सरकारले तोकेका कोरोना अस्पतालमा कोरोनाको उपचार भइरहेको संक्रमित बिरामीमाथि औषधि परीक्षण गर्ने तयारीमा नेपाल पनि जुटेको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा नेपालले यो कदम चालेको हो ।

कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी एड्समा प्रयोग हुने लोपिनाविर र रिटोनाविर, डेक्सामेथासोन भएको जनाइएको छ ।

advertisement

१५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बिरामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?