advertisement

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ३,१३४ पुगेको छ । कूल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

" /> काठमाडौं उपत्यकाका थप आठ जनामा कोरोना संक्रमण - Sarbocha Media

काठमाडौं उपत्यकाका थप आठ जनामा कोरोना संक्रमण

`

     २०७७ आषाढ १५ गते ३:१५

काठमाडौं, १५ असार । काठमाडौं उपत्यकामा आठ जनामा कोरोना संक्रमण फेला परेको छ ।

काठमाडौं जिल्लामा ६ जना, ललितपुर र भक्तपुरमा एक–एक जनामा कोरोना संक्रमण फेला परेको जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका थप ४७६ मध्ये आठ जना काठमाडौं उपत्यकाका हुन् ।

advertisement

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ३,१३४ पुगेको छ । कूल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?