काठमाडाैं, १५ असार । भारतीय एक व्यापारीले ‘नेपाल सुध्रिएन भने हामी कुनै सामान दिन्नौं’ भनेर धम्की दिएका छन् । भातरीय सञ्चारमाध्यम नवभारत टाइम्सले बनाएकाे एउटा भिडियो रिपोर्ट एक भारतीय व्यापारीले यस्ताे धम्की दिएकाे हाे ।
एक जना व्यापारीले भिडियोमा भनेका छन्, ‘हामी लामो समयदेखि नेपाललाई मालसमान दिएर सहयोग गरिरहेका छौं । तर जसरी भारतीय भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपाल सरकारले आफ्नो नक्सामा देखाएको यसले हामी सबै व्यापारीलाई सोच्न बाध्य बनाएको छ ।’
उनीहरुले चेतावनी दिएका छन्, ‘कि नेपालले आफ्नो रवैया बदलेन भने व्यापार पूर्ण रुपमा बन्द गर्नेछौं । साथै सरकारसँग पनि माग गर्नेछन्, नेपालमा हुने निर्यातमा पूर्ण रुपमा रोक लगाइदेउ, यति सहयोग गर्दा नेपाल हाम्रो भूमिलाई आफ्नो नक्सामा देखाउँदैछ । यसकारण हामी नेपालसँग व्यापार गर्दैनौं । भारत सरकारलाई निर्यातमा रोक लगाउन भन्नेछौं।

उनले भारतीय भूमि नेपालले आफ्नो नक्सामा देखाउनु दु:खको कुरा भएकाे पनि बताएकाे छ । उनले भनेका छन्, ‘नेपाल सुध्रिएन भने हामी कुनै सामान दिने छैनौं । नेपालले सोच्नुपर्छ। जबसम्म सच्चिँदैन तबसम्म हामी व्यापार गर्दैनौं ।’
रिपोर्टमा पश्चिम बंगालजस्तै अन्य राज्यले पनि नेपालविरुद्ध कदम उठाए नेपालका लागि मुश्किल घडी हुनसक्ने उल्लेख छ । तर भारतीय व्यापारीले भुल्न नहुने कुरा के हो भने उनीहरुले हामीलाई नि:शुल्क सामान दिएका होइनन् । उनीहरुले रोक लगाए अर्को ठाउँबाट आउँछ ।
आइतवारमात्रै पश्चिमको बनबासाका व्यापारीले लकडाउनका कारण सीमा बन्द हुँदा व्यापार ठप्प भएको र बजार नेपालीमा निर्भर रहेको भन्दै विज्ञप्ति निकालेका थिए। यसले के देखाउँछ भने सामान नदिए उनीहरुकै व्यापारमा गिरावट आउनेछ।




