advertisement

असार १ गते राति खाना खाने समयमा मृतक सुस्मितालाई भान्सा कोठामा मसला पिस्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरेपछि आत्महत्याजस्तो देखाउन प्रकाश भान्सा कोठाको ढोका बन्द गरी झ्यालबाट निस्किएको प्रहरी अनुसन्धानले देखाएको छ । राति हत्या गरे पनि बिहान छिमेकीलाई बुहारीले भान्सा घरमा आत्महत्या गरेकोले प्रहरीलाई खबर गरिदिन भन्दै उनी आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रुर यातना दिई ज्यान मार्ने कसूरमा जन्मकैद हुने प्रावधानअनुसार कारबाही अघि बढ्ने जनाएकाे छ । यस घटनामा न्याय माग गर्दै स्थानीयले समेत प्रदर्शन गर्दै अाएका थिए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ८ वोर्डगाउँकी २४ बर्षीया सुस्मीता थापाको २०७६ बैशाख १८ गते अभियुक्त प्रकाशका छाेरा शिव भनेर चिनिने रुपेन्द्र थापासँग मागी विवाह भएको थियो । छाेरा रूपेन्द्र इन्जिनियर थिए । उनकाे २०७६ कै दशैँमा ससुरालीमा टीका थापेर मोटर साइकलमा घर फर्किने क्रममा असोज २३ गतेका दिन दुर्घटनामा परी मृत्यु भएकाे थियाे ।

रूपेन्द्रले काठमाडाैँमा ठूलाे बीमा गराएका रहेछन्, पति-पत्नी दुवैकाे नाउँमा । साेही बीमाकाे रकम बुहारीले खान्छे भन्ने लागेर ससुरा र घरका अन्य सदस्य मिलेर सुस्मिताकाे हत्या गरिएकाे बताइएकाे छ । साे घटनापछि हिजो कपिलवस्तुबाट समेत अधिकारकर्मीहरु मकवानपुर पुगेर क्षतिपूर्तिसहित दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।

" /> ४० लाखकाे लागि आफ्नै बुहारीलाई यौन यातना दिएर हत्या, ससुरासहित ४ जना सार्वजनिक - Sarbocha Media

४० लाखकाे लागि आफ्नै बुहारीलाई यौन यातना दिएर हत्या, ससुरासहित ४ जना सार्वजनिक

`

     २०७७ आषाढ १५ गते १०:०७

मकवानपुर, १५ असार । हेटाैँडामा गत असार २ गते हत्या गरिएकी सुस्मिता थापाका ससुरासहित तीन जना अभियुक्त सार्वजनिक गरिएकाे छ । हेटौंडा–४, सूर्यचौकमा भएको उनकाे हत्यामा संलग्नलाई आज मकवानपुर प्रहरीले सार्वजनिक गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले सुस्मिता थापाको हत्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा संलग्न रहेकाे भन्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हाे ।

प्रहरीका अनुसार करीब ९ महिनाअघि सवारी दुर्घटनामा छोरा रुपेन्द्र थापाको मृत्यु भएपछि बुहारीलाई घरका सदस्यहरूले मानसिक यातना दिने र ससुरा प्रकाश थापाले यौन दुर्व्यवहारको प्रयास गर्ने गरेको र यातना समेत दिने गरेकाे जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले हत्याको कारण यौन दुर्व्यवहारको घटना लुकाउन र दुर्घटनामा छोराको ज्यान गएपछि पाउने क्षतिपूर्ति (छोराले काम गर्ने कार्यालयबाट आउने करीब ४० लाख) रुपैयाँका लागि बुहारी सुस्मिताको हत्या गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाव दिँदै आएका थिए । दुर्घटनामा मृत्यु भएका रिपेन्द्र थापाको बीमा वापतको १० लाख ६३ हजार रुपैयाँ हत्यामा संलग्न प्रकाश थापाले लिइसकेको समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

advertisement

असार १ गते राति खाना खाने समयमा मृतक सुस्मितालाई भान्सा कोठामा मसला पिस्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरेपछि आत्महत्याजस्तो देखाउन प्रकाश भान्सा कोठाको ढोका बन्द गरी झ्यालबाट निस्किएको प्रहरी अनुसन्धानले देखाएको छ । राति हत्या गरे पनि बिहान छिमेकीलाई बुहारीले भान्सा घरमा आत्महत्या गरेकोले प्रहरीलाई खबर गरिदिन भन्दै उनी आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रुर यातना दिई ज्यान मार्ने कसूरमा जन्मकैद हुने प्रावधानअनुसार कारबाही अघि बढ्ने जनाएकाे छ । यस घटनामा न्याय माग गर्दै स्थानीयले समेत प्रदर्शन गर्दै अाएका थिए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ८ वोर्डगाउँकी २४ बर्षीया सुस्मीता थापाको २०७६ बैशाख १८ गते अभियुक्त प्रकाशका छाेरा शिव भनेर चिनिने रुपेन्द्र थापासँग मागी विवाह भएको थियो । छाेरा रूपेन्द्र इन्जिनियर थिए । उनकाे २०७६ कै दशैँमा ससुरालीमा टीका थापेर मोटर साइकलमा घर फर्किने क्रममा असोज २३ गतेका दिन दुर्घटनामा परी मृत्यु भएकाे थियाे ।

रूपेन्द्रले काठमाडाैँमा ठूलाे बीमा गराएका रहेछन्, पति-पत्नी दुवैकाे नाउँमा । साेही बीमाकाे रकम बुहारीले खान्छे भन्ने लागेर ससुरा र घरका अन्य सदस्य मिलेर सुस्मिताकाे हत्या गरिएकाे बताइएकाे छ । साे घटनापछि हिजो कपिलवस्तुबाट समेत अधिकारकर्मीहरु मकवानपुर पुगेर क्षतिपूर्तिसहित दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?