advertisement

उनले भने, गोर्खाको जिल्लाको विषयमा गोर्खा जिल्ला प्रशासनको प्रतिवेदन हामीले पाएका छौँ । सामागाउँ र रुइमा परम्परादेखि नै ९ औपचारिक सीमांकन नहुँदा देखि नै दुवै तिर लेन देनको कुरा हुँदै आइरहेको थियो। सीमा स्तम्भ निर्माण भइसकेपछि ११० कुरिया यताको उता परेको। तर, ६० कुरियाले रुई तिरै र अरुले सामागाउँ तिर फर्केर बस्ने निर्णय गरेको हो।

उनले उत्तरी गोर्खाका बासिन्दाहरु र रुईका बासिन्दाहरूबीच अहिले पनि आवत जावत चलिरहेको बताए। अहिले पनि आवत जावत चलिरहन्छ। अतिक्रमण कसैले गरेको छैन, उनले भने। २०१२ मा धेरै कुरा टुंगिएको र अहिले प्रोटोकोललाई पनि टुंग्याउन नेपालले बैठकको प्रस्ताव चीन समक्ष गरिसकेको उनले बताए।

" /> गोर्खाको सीमामा चीनले अतिक्रमण गरेको छैन : पराराष्ट्रमन्त्री - Sarbocha Media

गोर्खाको सीमामा चीनले अतिक्रमण गरेको छैन : पराराष्ट्रमन्त्री

`

     २०७७ आषाढ १५ गते ९:५७

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले गोर्खाको सीमामा अतिक्रमण नगरेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले वैदेशिक नीति र राष्ट्रिय सुरक्षाको विषयमा अध्ययन नगरी नबोल्न पनि आग्रह गरे।

राष्ट्रिय सभालाई परिपक्वहरूको सदन हो भन्ने गरिन्छ। भेरिफाई गरेर बोलौँ, उनले भने, विदेश नीति र राष्ट्रिय सुरक्षा अन्त्य गहन विषय हुन। क्रस भेरिफिकेसन गरे बोल्नु राम्रो हो। अहिले सरकारको नाममा नक्कली प्रतिवदेन कसले कहाँ उत्पादन गरेको भनेर सरकारले अनुसन्धान अघि बढाएको पनि उनले जानकारी दिए।

advertisement

उनले भने, गोर्खाको जिल्लाको विषयमा गोर्खा जिल्ला प्रशासनको प्रतिवेदन हामीले पाएका छौँ । सामागाउँ र रुइमा परम्परादेखि नै ९ औपचारिक सीमांकन नहुँदा देखि नै दुवै तिर लेन देनको कुरा हुँदै आइरहेको थियो। सीमा स्तम्भ निर्माण भइसकेपछि ११० कुरिया यताको उता परेको। तर, ६० कुरियाले रुई तिरै र अरुले सामागाउँ तिर फर्केर बस्ने निर्णय गरेको हो।

उनले उत्तरी गोर्खाका बासिन्दाहरु र रुईका बासिन्दाहरूबीच अहिले पनि आवत जावत चलिरहेको बताए। अहिले पनि आवत जावत चलिरहन्छ। अतिक्रमण कसैले गरेको छैन, उनले भने। २०१२ मा धेरै कुरा टुंगिएको र अहिले प्रोटोकोललाई पनि टुंग्याउन नेपालले बैठकको प्रस्ताव चीन समक्ष गरिसकेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?