काठमाडौं, १५ असार । सर्लाहीमा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चलाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा हुँदा १२ जना घाइते भएको जनाइएको छ । उनीहरु बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएको बताइएको छ ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा झडप भएको हो ।




