काठमाडौं, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जना नयाँ संक्रमित फेला परेका छन् ।
शनिबार बिहान ५८ जना नयाँ संक्रमित थपिएसंगै अहिले सम्म कुल संख्या ४३८ पुगेको छ। उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका बताइएको छ ।

तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ।
कोरोना संक्रमित तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना थपिएका हुन्।




