निसान छापको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक पारित गरिँदै

`

     २०७७ आषाढ ०४ गते ४:५९

काठमाडौं, ४ असार । संविधान संशोधन विधेयक आज पारित हुने भएको छ ।

संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित हुने भएको हो।

राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ुनेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।

दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि सांसदहरूले दस्तखतसहितको मत विभाजनमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?